Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।

माघ ६, २०८२ मंगलवार

साताको प्रारम्भमा भावात्मक सम्बन्ध मजबुत रहनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा फाइदा हुनेछ। साताको मध्यमा साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। साताको अन्तिममा सहकारी वा वित्तीय मामलाहरू सुल्झिनेछन्। शुभचिन्तकहरूको साथ पाइनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र आकाशी हो भने शुभ अंक १ र ८ रहेको छ।

माघ ४, २०८२ आइतवार

सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको षष्ठ भावमा गोचरले दैनिकी आवश्यकताहरुको पूर्तिमा खर्च बढ्नेछ। काममा वा कारोबारमा अतिरिक्त लगानी लगाउनु पर्ला। मेहनत वा लगनशीलताले आयस्रोतलाई स्थिर बनाउन सकिनेछ। उधारो वा कानुनी लेनदेन जस्तो वस्तुमा सावधानी अपनाउनुपर्ने हुन्छ। पारिवारिक सम्बन्धलाई लिएर यो महिना अलिकता तनावपूर्ण रहनेछ। बुद्धिजीवी वा आफूभन्दा ठूला मान्छेको कुराको मान राखेर कार्य गर्नुहोला। काममा व्यस्तता वा परिवारलाई समय दिन नसक्दा आपसी समझदारीमा कमी आउनेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना राम्रो रहेको छ। विद्यार्थीहरूलाई गुरुजनको माध्यमबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा विकास हुनेछ। प्रेम सम्बन्धमा शुक्रको साथले आकर्षण साथै भावनात्मक आत्मीयता बढ्नेछ। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोला। करियर वा व्यापार व्यवसायलाई लिएर समय सकारात्मक रहनेछ। रोजगार खोज्नको लागि प्रतिस्पर्धा कडा भएतापनि सफलता हात लाग्नेछ। शारीरिक अवस्था अलिकता कमजोर देखिएको कारणले अनिन्द्रा थकान वा सानोतिनो समस्याले सताउला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। निद्रा, काम र खानपानको समयलाई राम्रोसँग व्यवस्थापन गर्नुहोला।

माघ १, २०८२ बिहिवार

सिंह राशिको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा आरोप लाग्न सक्ला। एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ। घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ। अधिकारी वर्गहरुबाट मानसम्मान पाइएला। ठेकापट्टाको कार्यबाट पनि लाभआर्जन गर्न सकिनेछ। सवारी साधन चलाउनुहुन्छ भने स्यानातिना दुर्घटनाका योगहरू पनि बन्न सक्छन् त्यसर्थ सावधान रहनुहोस्। मनमा एक प्रकारको अज्ञात भयले सताउन सक्छ । जीवनशैलीमा परिवर्तन लिएर आउँदा तपाईको व्यक्तिगत लाभका स्थितिहरू रहेकाछन्‌। भाग्यले राम्रो साथ दिनेछ। पुरुषार्थको क्षेत्रलाई अझै सक्रिय गर्नुपर्यो। वैशाख : स्वास्थ्य सम्बन्धी समस्या जेठ : सुखलाभ असार : आकस्मिक रूपमा धन र वाहनको लाभ साउन : अनावश्यक खर्च भदौ : स्थान परिवर्तन असोज : यात्रा कार्तिक : धनलाभ र सुख प्राप्ति मङ्सिर : आर्थिक संकट पुस : स्वास्थ्यमा समस्या माघ : शत्रुनास फागुन : लामो यात्रा र खर्चमा वृद्धि चैत : पारिवारमा स्वास्थ्य सम्बन्धी समस्या र चिन्ता कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहनेछ। इलेक्ट्रोनिक कृषि वा आयुर्वेदिक औषधि पसल आदिको व्यापार लाभदायी रहनेछ्। खाद्य पदार्थ आदिको पनि व्यापार लाभदायी रहनेछ। सामाजिक वा राजनैतिक क्षेत्रमा मानसम्मान र पद प्रतिष्ठामा वृद्धिका योगहरू रहेकाछन्‌ तर साथै आरोप र प्रत्यारोप लाग्ने सम्भावनाहरू पनि रहन सक्छ। प्रेम सम्बन्ध आफन्तहरूको साथमा बैरभाव बढ्नेछ। युवा वर्गलाई नयाँ प्रेम सम्बन्ध स्थापित गर्नमा गाह्रो हुनेछ। दाम्पत्य जीवनमा पनि मतभेद बढ्नेछ। टाढिएका मित्रहरु सँग भेटघाट हुने सम्भावना छ। शिक्षा पढाइ लेखाइलाई लिएर वैदेशिक यात्राका योग छन्। धार्मिक वा आध्यात्मिक शिक्षा लाभदायी रहनेछ। विद्यार्थीहरूमा नयाँ भाषा सिक्ने जोश र जाँगर रहनेछ। सामाजिक सञ्जालको शिक्षा लाभदायी रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिले यो वर्ष हजुरलाई उत्तम रहनेछ। पुरानो समस्याहरूबाट छुटकारा मिल्नेछ। सानोतिनो चोटपटकको भय रहनेछ। नियमित व्यायाम स्वास्थ्यको लागि लाभकारी रहनेछ। शुभ रंग रातो, सुनौलो र पहेलो शुभ अंक १, ७ र ९ शुभ बार आइतबार, मंगलबार र विहीबार शुभ महिना जेठ, असार, कातिक र माघ उपाय वृद्धहरूलाई सहयोग गर्ने साथै भगवान सूर्यलाई अर्ग दिने, गायत्री मन्त्रको जप गरेर आफ्नो भाग्यमा वृद्धि गर्न सक्नुहुनेछ। शनि ग्रहको विशेष शान्ति गर्नुहोला।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij