Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।

माघ ६, २०८२ मंगलवार

साताको प्रारम्भ मेहनतद्वारा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आफ्नो लक्ष्यप्रति सजग रहनुहोला। साताको मध्यमा काममा आलस्यले गर्दा साताको अन्तिममा अवस्थामा पनि काममा जुट्नु पर्ला सचेत रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। साताको अन्तिममा मान सम्मानमा वृद्धि हुनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।

माघ ४, २०८२ आइतवार

कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको गोचरले व्यापार व्यवसायमा घाटा हुनसक्ने सम्भावना रहेको छ। कार्यक्षेत्रको मामिला जटिल र सङ्घर्षशील रहेको छ। खर्चमा उल्लेखनीय वृद्धि हुनेछ त्यसैले सोच विचार गरेरमात्र धन खर्चिनुहोला। कानुनी काममा सफलता हात नलाग्ने सम्भावना हुनाले कागजी विधि र प्रक्रियागत कुराहरुमा पहिल्यै ध्यान पुर्याउनु उत्तम रहला। आश्वासन बढाउनेहरूले प्रतिज्ञा पूरा गर्न सक्ने योग छैन तसर्थ आशा गरेतापनि भर नपर्नु उचित हुनेछ। परिस्थिति विपरीत भएतापनि योजना बनाएर कार्य गर्दा सफलता मिल्नेछ। वैदेशिक रोजगारका यात्रा लाभदायी रहनेछन्। चुनौतीभित्र नै अवसर खोज्ने प्रयास गर्नुहोस् साथै यो महिना सकेसम्म चलिरहेको कामलाई नै निरन्तरता दिनुहोस्। नोकरी वा पेशामा अरूको विवादमा हात हाल्नबाट सकेसम्म जोगिनुहोस्। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। विद्यार्थीहरूलाई आफ्नो करियरको विषयवस्तुलाई लिएर मानसिक अस्थिरताले सताउँनेछ। अध्ययन अध्यापनमा एकाग्रताको कमी आउनेछ त्यसैले स्थिर चित्तको साथ रहनु लाभदायक हुनेछ। सम्बन्धमा एकअर्काप्रति प्रतिक्रिया दिनुभन्दा समझदारीले केहिपनि कुराको निर्णयमा जाँनुहोला। समस्या दर्शाउँदा शुभचिन्तकहरूको सहयोग वा सद्भाव प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर संवेदनशील रहनुहोस् र खानपानमा ध्यान पुर्याउनुहोला। मानसिक अशान्ति वा चिन्ताले ऊर्जा घटाउन सक्छ। विश्राम, ध्यान र पर्याप्त निन्द्राको समय छुट्याएर दिनचर्या बिताउँदा लाभकारी रहनेछ।

माघ १, २०८२ बिहिवार

कुम्भ राशिहरूको लागि यो वर्ष सामान्य रहनेछ। पञ्चमेेश बृहस्पति शुभ फलदायी रहनेछन्। नोकरी पेसामा उन्नति हुनेछ। गुरुको अनुकूल प्रभावले धर्मकर्ममा धेरै समय व्यतीत हुनेछ। मठ मन्दिर वा धार्मिक यात्राका योग छन्। शनि राहु केतुको प्रतिकूल प्रभावले मनमा शंकास्पद स्थिति उत्पन्न हुनेछ। वैशाख : धन प्राप्ति जेठ : मानहानी असार : यात्रामा धन खर्च साउन : धन प्राप्ति भदौ : यात्रा तथा खर्चमा वृद्धि असोज : स्वास्थ्य समस्या कार्तिक : मानहानि र स्थान नाश मङ्सिर : श्रीप्राप्ति पुस : श्रीप्राप्ति माघ : फागुन : चैत : व्यापारमा हानि नोक्सानी कार्यक्षेत्र व्यापार व्यवसायमा बृहस्पतिको अनुकूल प्रभावले नयाँ कार्यतर्फ प्रेरित गर्नेछ। विकासका नयाँ बाटोहरू खुल्नेछन्। धन सञ्चयको दृष्टिले समय सामान्य रहनेछ धेरै धनसञ्चन गर्न नसकिएला। कार्यक्षेत्रमा आफ्नो नयाँ स्टार्टअप प्रारम्भ गर्न सक्नुहुनेछ। उद्योगमा लाभ रहनेछ। पार्टनरशिप व्यापारको लागि यो वर्ष त्यति अनुकूल नहोला सावधान भएर निर्णय लिनुहोला। प्रेम सम्बन्ध पारिवारिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ। आफन्तहरूले मांगलिक कार्यमा सकारात्मक सहयोग दिनेछन्। साना भाइ बहिनीहरूसँग सानो तिनो कुरामा वाद विवाद बढ्नेछ। समय समयमा इष्टमित्रहरूको पूर्ण सहयोग मिल्नेछ। दाम्पत्य जीवन सामान्य रहनेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो वर्ष सामान्य रहनेछ। शारीरिक स्वास्थ्यभन्दा मानसिक स्वास्थ्यमा ध्यान राख्नुपर्ने हुन्छ। नियमित जाँच वा स्वस्थ जीवनशैली हजुरको लागि अनुकूल रहनेछ। शिक्षा शिक्षाको क्षेत्रमा कठोर चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। शिक्षाको क्षेत्रमा मेहनत अनुरुप सफलता मिल्नेछ। सफलता पाउनलाई शिक्षक वा गुरुजनहरूको सम्मान गर्नुहोस्। विद्यार्थीहरूको वाक्चातूर्यतामा वृद्धि हुनेछ। शुभ रंग सुन्तला, नीलो, बैजनी र खैरो शुभ अंक ३, ५ र ९ शुभ बार बुधबार, शुक्रबार र शनिबार शुभ महिना वैशाख, साउन र पुष उपाय वर्षभरी गाईको सेवा गरी भाग्य उदय हुनेछ। आफ्नो घरको प्रवेश द्वारको दक्षिण पश्चिम कुनामा मयूरको प्वाख लगाउनुहोस्। आइतबारको दिन भगवान सूर्यलाई जल अर्पण गर्नुहोस् शारीरिक ऊर्जामा वृद्धि हुनेछ। ग्रह शान्ति आदि गरेर शक्तिको आराधना गर्नुहोस्।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij