२०८२ माघ ७ गते बुधवार
आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।
माघ ६, २०८२ मंगलवार
साताको प्रारम्भमा अर्थ अभावले चलिरहेको काम रोक्नुपर्ला सावधान रहनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आफ्नो काम र योग्यताले अरुलाई चिनाउन सक्नुहुनेछ। साताको अन्तिममा बोलि प्रभावशाली रहनेछ। मादक वा पेय पदार्थबाट टाढा रहनुहोस्। सदैव भगवान शंकरको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र खैरो हो भने शुभ अंक १ र ३ रहेको छ।
माघ ४, २०८२ आइतवार
मकर राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। सूर्य, मंगल, शुक्र र बुधको लग्नस्थानमा गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। शुभ योगको प्रभावले गर्दा मनमा चिताएका कार्यहरू पूरा हुनेछन्। कुनै विशेष उपलब्धि हात पार्न सकिनेछ। सामाजिक काम कार्यमा रुचि बढ्नेछ। प्रयत्न गर्दा व्यापार व्यवसायमा पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। लगानीमा विस्तार गर्ने वा रोकिएको कार्यलाई अघि बढाउने सकारात्मक संकेत देखिएको छ। दाम्पत्य जीवन र साझेदारी व्यापारमा आपसी समझदारीको कमी देखिएला त्यसैले संयमित भएर साझेदारी निभाउनुहोला। परिवारभित्र जिम्मेवारी वा अपेक्षाहरू बढ्नेछन्। अहंकार वा तर्क वितर्कले आत्मीय सम्बन्धमा दूरी ल्याउन सक्छ। शैक्षिक क्षेत्रलाई लिएर आत्मविश्वासमा वृद्धि वा लक्ष्य प्राप्तिको लागि लगनशील भएकाले प्रतिस्पर्धा लगायतका परीक्षा, कला आदिको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा भावात्मक तनाव र आवेग बढ्न सक्छ। बोलिको तिखोपनले गर्दा सम्बन्धमा मधुरताको कमी रहनेछ शब्द चयन उचित ढंगले गर्दा आफ्नो अनुकुल सम्बन्ध होला। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। टाउको दुख्ने वा आँखा सम्बन्धी समस्याले सताउन सक्छ। पुरानो रोगहरु बल्झिने सम्भावना देखिएको छ। ब्लड प्रेसर सम्बन्धी समस्या वा मंगल लाग्नमा भएकाले जोखिमप्रति आकर्षण बढ्नेछ त्यसैले हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोला।
माघ १, २०८२ बिहिवार
मकर राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ। यो वर्ष बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ। संयमित भएर कार्य गर्दा मानसम्मान बढ्नेछ। शनिको अनुकूल प्रभाव सरकारी कार्यक्षेत्रमा पदोन्नतिका योग लिएर आउला। धन स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ। वैशाख : मनोबलमा कमी जेठ : हीनता असार : शत्रु पराजय साउन : यात्रा भदौ : कष्ट र परिश्रम असोज : कान्तिक्षय कार्तिक : धननास मङ्सिर : कार्यसिद्धी पुस : धननास र पीडा माघ : स्थान परिवर्तन फागुन : हानी नोक्सानी चैत : स्वास्थ्य लाभ कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष लाभदायी रहनेछ। शनिगत व्यापार जस्तै हार्डवेयर सम्बन्धी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभका विभिन्न मार्गहरू खुल्नेछन्। नोकरी वा पेशाक्षेत्रमा धेरै जिम्मेवारी प्राप्त होला। सामाजिक कार्यमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा स्थान परिवर्तनका योग छन्। प्रेम सम्बन्ध कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। शनिको अनुकूल प्रभावले बिगरिएका सम्बन्ध बन्नेछन्। नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्ला। बृहस्पतिको अनुकुल प्रभावले केही अप्ठ्यारा परिस्थितिहरू उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा सानातिना प्रतिकूल स्थिति उत्पन्न हुनेछन। स्वास्थ्य स्वास्थ्य सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा बृहस्पतिको प्रतिकूल प्रभावले पेटसम्बन्धी समस्याले सताउनेछ। नशा सम्बन्धी वा हड्डी सम्बन्धी पुरानो समस्यामा कमी आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भगवान सूर्यलाई अर्ग दिनुहोस्। शिक्षा यो वर्ष शिक्षाको लागि सफल र फलदायी समय रहनेछ। टेक्नोलाँजी सम्बन्धी शिक्षा फलदायी रहनेछ। साहित्य वा कला र शिक्षणको क्षेत्रमा सफलता मिल्नेछ। पढाइ लेखाइको लागि विदेशतिर जाने योगमा बाधा आउन सक्ला। शुभ रंग कालो, नीलो, बैजनी र खैरो शुभ अंक ३, ६, र ९ शुभ बार बुधबार, शुक्रबार र शनिबार शुभ महिना कार्तिक, पुष र चैत उपाय ग्रह शान्ति आदि गरेर भगवान विष्णुको उपासना र देवीको उपासना गरेर वर्षभरि मान प्रतिष्ठा बढाउन सक्नुहुनेछ। बृहस्पति र राहुको शान्तिको लागि पीपलको पूजा गर्नुहोस्।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij