२०८२ फाल्गुण २३ गते शनिवार
मनोरञ्जनका अवसर बढ्नेछन्। साथी वा आफन्तसँगको भेटमा आनन्द मिल्नेछ। नयाँ अनुभवले दिन रमाइलो बनाउनेछ।
फाल्गुण २३, २०८२ शनिवार
साताको प्रारम्भमा विश्वास पात्रबाट दुःख पाइएला। नियमित कार्य सम्पादन गर्नमा बाधा आउनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको अन्तिममा परिश्रम र लगनशीलता लक्ष्य प्राप्तिमा सहायक हुनेछ। विद्यार्थीहरूलाई परीक्षामा सोचे अनुरुप परिणाम प्राप्त हुनेछ।
फाल्गुण १७, २०८२ आइतवार
मीन राशि हुनेहरूको लागि यो महिना शुभ रहेको छ। एकादश भावमा सूर्य, शुक्र, मंगल र बुधको गोचरले गर्दा व्यापार व्यवसाय र शिक्षाको क्षेत्रमा विभिन्न अवसर प्राप्त भईरहनेछन्। सम्मानित पद र त्यो पदको माध्यमबाट प्रतिष्ठा पनि प्राप्त हुनेछ। मेहनत वा परिश्रमले सफलताको उँचाई प्राप्त गर्न सकिएला। मेहनतीहरूको लागि नोकरी वा पेशामा पदोन्नति को मार्ग प्रशस्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा पनि प्रभाव बढ्नेछ। पहिलाबाट चलिरहेको प्रतिकूल स्थिती अनुकूल हुनाले भविष्यप्रति सफलताको आशा जाग्नेछ। केही पुराना प्रयास वा रोकिएका कामहरूबाट लाभको योग देखिन्छ। विवाहितहरूको लागि पतिपत्नि बीचको सम्बन्धलाई अझै सुमधुर बनाउने अवसरहरू देखिनेछन्। विद्यार्थीहरूको लागि यो महिना राम्रो रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रेम सम्बन्धमा गलत बुझाइ हुने सम्भावना देखिएको छ। प्रेम सम्बन्ध तथा वैवाहिक जीवनमा व्यवहारिक स्पष्टता भएमा लाभदायी रहनेछ। सामूहिक रुपमा मिलेर कार्य गर्नाले व्यापार विस्तार गर्नमा सहायक हुनेछ। स्वास्थ्यको दृष्टिकोणलाई लिएर समय राम्रो देखिएको छ। अनियमित दिनचर्याबाट जोगिनुहोस्। व्यायाम वा योगलाई प्राथमिकता दिनाले शारिरीक र मानसिक स्फुर्ती महिना भरिनै रहनेछ।
माघ १, २०८२ बिहिवार
मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ। द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ। लग्नमा स्थित शनिले समाजमा अपयस दिलाउन सक्ला। नैतिक मूल्यलाई अगाडि राखेर कार्य गर्नुहोस्। वैशाख : हानि नोक्सानी जेठ : अप्रत्याशित लाभ असार : स्वास्थ्यमा बाधा साउन : आर्थिक संकट र ऋण वृद्धि भदौ : शत्रु नास र सुखवृद्धि असोज : लामो यात्रा र खर्चमा वृद्धि कार्तिक : स्वास्थ्यमा खर्च मङ्सिर : मानहानी पुस : धन र सुखवृद्धि माघ : धन र सुखवृद्धि फागुन : आम्दानीभन्दा खर्चमा वृद्धि चैत : आम्दानीभन्दा खर्चमा वृद्धि कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ। खाद्यान्न सम्बन्धी तरल पदार्थको व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष नचल्ला। प्रेमसम्बन्ध सम्बन्धको दृष्टिकोणले वर्ष राम्रो रहनेछ। युवा वर्गहरूमा नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। वाहन सुविधाको आनन्द मिल्नेछ। परिवारमा कुटुम्बमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सामान्य रहनेछ। टाढिएका मित्रहरूसँग सामिप्यता बढ्नेछ। दिदीबहिनी आदि सबैको सहयोग मिल्नेछ। शिक्षा मीन राशिको विद्यार्थीहरूको लागि यो समय उत्तम रहनेछ। परीक्षामा राम्रो परिणाम मिल्नेछ। शिक्षाको क्षेत्रमा शिक्षकको सल्लाहले सम्भावित मार्गदर्शन मिल्नेछ। शुभ रंग पहेलो, गुलाबी बैजनी र रातो शुभ अंक १, ५ र ९ शुभ बार आइतबार, मंगलबार र बिहीबार शुभ महिना जेठ, पुष र माघ उपाय पिपलको वृक्षलाई जल अर्पण गर्नुहोस् शनिगत पीडा कम हुनेछ। आफ्नो बैठक रूमको उत्तर पश्चिम कुनामा एउटा क्रिस्टलको कछुवा राख्नुहोस् । भाग्यले साथ दिनेछ।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij