Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।

माघ ६, २०८२ मंगलवार

साताको प्रारम्भमा पहिला गरेको कार्यबाट लाभ प्राप्त हुनेछ। साझेदारी व्यापारमा नयाँ सम्झौताहरू गर्नुपर्ला। साताको मध्यमा काम समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ। छरछिमेकीसँग वादविवादबाट टाढा रहनुहेस्। साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ। नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ७ रहेको छ।

माघ ४, २०८२ आइतवार

मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य मंगल बुध र शुक्रको अष्टम भावमा गोचरले धन संञ्चय वा आर्थिक क्षेत्रमा उतारचढाव देख्न सकिनेछ। स्वास्थ्य वा घरपरिवारतर्फ आकस्मिक खर्च बढ्ने योग रहेको छ। जोखिमपूर्ण लगानी वा ऋणको लेनदेनबाट दूरी बनाएर राख्नुमानै फाईदा रहेको छ। पारिवारिक तथा वैवाहिक सम्बन्धलाई लिएर यो महिनाको सुरुवात हजुरको लागि त्यति अनुकूल नहोला। वाणी वा संवादमा संयमता राख्नु एकदमै आवश्यक रहेको छ। वैवाहिक जीवनमा जीवनसाथीसँग गहिरा विषयहरूमा छलफल पर्याप्त नहुँदा अनावश्यक तनाव बढ्नेछ। आत्मीयता वा मिठो बोलीले काम बनाउन र भावनात्मक दुरी घटाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित राख्न त्यति सम्भव नहोला। ध्यानमा एकाग्रताको कमी आउनेछ। अध्ययन वा प्रेममा वैचारिक मतभेदका संकेत देखिन सक्छन। करियरमा गुप्त योजना बाहिरिनाले समस्या निम्त्याउँला तसर्थ गोपनियता भंग हुन नदिनुहोला। व्यापार व्यवसायमा आर्थिक निर्णयहरू सावधानीपूर्वक लिनुहोला। कार्यक्षेत्रमा कामको अतिरिक्त दबाब रहनेछ। आर्थिक दृष्टिकोणले पनि यो महिना सामान्य रहेको छ। पाचनजन्य समस्या सुधार्नको लागि खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा कमजोरी र थकान महसुस हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्दा उर्जा र जोशले कार्य गर्नमा सहजता दिनेछ।

माघ १, २०८२ बिहिवार

मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ। अध्ययन अध्यापनको कार्यमा विशेष सफलताका योग छन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्त भइनेछ। सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले दुर्व्यसनमा फसाउन सक्ला सावधान रहनुहोला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। वैशाख : स्वास्थ्यमा समस्या जेठ : अज्ञात भय असार : आत्मविश्वासमा कमी साउन : श्रीप्राप्ति भदौ : रोग वा भय असोज : शत्रुनास कार्तिक : कार्यक्षेत्रमा संघर्ष मङ्सिर : यात्रा पुस : रोग माघ : धर्म प्राप्ति फागुन : कार्यसद्धि चैत : अप्रत्यासित धनलाभ कार्यक्षेत्र व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहेको छ। पशुपालन वा कृषि क्षेत्रबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै यो वर्ष कमाएको जोगाउन नसक्नुहोला। प्रेम सम्बन्ध सम्बन्धको दृष्टिले यो वर्ष हजुरको लागि सामान्य रहेको छ। आफन्तहरूसँग वैरभाव बढ्नेछ। व्यवहार कुशलतामा संयम राख्ने प्रयास गर्नुहोला। दाम्पत्य जीवन मधुर रहनेछ। सन्तानसँग राम्रो तालमेल बन्नेछ। स्वास्थ्य मिथुन राशि हुनेहरू कुनै दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। स्वास्थ्य सबल रहेको छ। नसा च्यापिने समस्या वा कुनै रगत सम्बन्धी समस्या रहेको छ भने सावधान रहनुपर्ने अवस्था रहेको देखिन्छ। शिक्षा यदि तपाईं कुनै सरकारी क्षेत्रमा परीक्षाको लागि प्रयासरत हुनुहुन्छ भने सफलताका योग रहेका छन्। आइटी विद्यार्थीहरूको लागि र विशेष गरी इन्जिनियरिङ क्षेत्रमा हुनुहुन्छ भने लाभप्रद स्थिति निर्माण हुनेछ। यस वर्षभरि नै शिक्षाको क्षेत्रमा राम्रो स्थिति रहेको देखिन्छ। शुभ रंग हरियो, पहेलो र केशरी शुभ अंक ५,६ र ९ शुभ बार सोमबार, बुधबार, र विहीबार शुभ महिना वैशाख, असोज, मंशिर र चैत उपाय बृहस्पति, शनि, राहु र केतुगत शान्तिको साथमा देवि उपासना साथै महामृत्युञ्ज जप आदि गराएर शुभफल प्राप्त गर्न सक्नुहुनेछ।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij