२०८२ फाल्गुण २३ गते शनिवार
उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ।
फाल्गुण २३, २०८२ शनिवार
साताको प्रारम्भमा माताका स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूको मध्ये असमझदारी बढ्नेछ। साताको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ भने विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ।
फाल्गुण १७, २०८२ आइतवार
मेष राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। दशम स्थानमा सूर्य शुक्र मंगल वा बुधको गोचरले आम्दानी वा करियर तर्फ सकारात्मक संकेत देखिएको छ। आर्थिक पक्षमा सुदृढता आउनेछ भने नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। घर परिवार वा घरेलु कुरामा आवश्यकताभन्दा धेरै खर्च गर्नुपर्ला। व्यापार विस्तारको लागि ऋण लिएर नँया लगानी लगाउने समय रहेको छ। पारिवारिक वा वैवाहिक दृष्टिकोणले समय राम्रो रहेको छ। घरपरिवारमा नयाँ जिम्मेवारी बढ्ने तथा घरभित्र नयाँ निर्णय हुनेछन्। कार्य स्थानान्तरण वा जग्गा जमिनलाई लिएर असहज महसुस हुनेछ। अविवाहितहरूको लागि विवाहलाई लिएर परिवार तर्फबाट प्रस्ताव आउनेछ भने निर्णयमा पुग्नुपूर्व समय लिनु उपयुक्त हुनेछ। पढाइ वा प्रेम सम्बन्धलाई लिएर यो महिना मिश्रित रहनेछ। उच्च शिक्षामा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मधुर सम्बन्ध स्थापित हुनेछ तर प्रेममा भावानात्मक खुल्लापनको हत्तार नगर्नुहोला। स्वास्थ्यको दृष्टिकोणले पनि महिना राम्रो रहेको छ। मंगलको प्रभावले अनिद्रा व थकानको महसुस हुनेछ तर जोश र कामगर्ने जाँगरमा कमीभने हुनेछैन। अनियमित खानपान र अव्यवस्थित दिनचर्यालाई मध्यनजरमा राखेर समय व्यवस्थापन गरेमा नकारात्मक समयलाईपनि सकारात्मक उर्जाको प्रभावले अनुकूल बनाउन सक्नुहुनेछ।
माघ १, २०८२ बिहिवार
मेष राशिहरूको लागि यो साल सामान्य रहेको छ। वर्षभरि बृहस्पति वा केतुबाट राम्रो फल मिल्नेछ। लग्नबाट तेस्रो स्थानमा रहेको बृहस्पतिको प्रभावले पराक्रममा कमी ल्याउनेछ। शनिको आध्य साढे सातीले मन चिन्ताग्रस्त रहनेछ साथै प्रतिकूल प्रभाव पार्नेछ। शारीरिक पीडा वा व्यर्थको चिन्ता खप्नु पर्ला। पञ्चमेश केतुले सन्तानको शिक्षामा बाधा उत्पन्न गराउन सक्छ। गृहणीहरूको धर्मकर्ममा आस्था बढ्नेछ। वैशाख : स्थान परिवर्तन वा व्यापार व्यवसायको कारण यात्रा जेठ : शत्रुहरूबाट अज्ञात भय असार : श्री प्राप्ति साउन : मानसम्मानमा कमी भदौ : आर्थिक समस्या वा शत्रुहरू सक्रिय हुने असोज : शत्रुमाथि विजय प्राप्त कार्तिक : शुभ यशको प्राप्ति मङ्सिर : श्रम वा शारीरिक कष्ट पुस : झुटो आरोप लाग्न सक्ने माघ : कार्यसद्धि फागुन : धनलाभ चैत : खर्चमा वृद्धि, व्यापार व्यवसायमा लाभ कार्यक्षेत्र कार्यक्षेत्रमा कुनै नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। व्यापार व्यवसायको दृष्टिले यो साल सामान्य रहनेछ। वैदेशिक रोजगार पनि लाभदायी रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा मिल्नेछ। शेयर मार्केटको लगानीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। वैदेशिक यात्राका योजनाहरू सफल रहनेछन्। प्रेम सम्बन्ध युवा वर्गहरूले प्रेम प्रसंगलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सहकर्मी र भ्रात्री वर्गबाट सहयोग मिल्नेछ। साथीभाईहरूसंग औसत सम्बन्ध रहनेछ भने छरछिमेकीसंग व्यर्थको वाद विवाद उत्पन्न हुन सक्छ। सन्तान पक्षबाट चिन्ता को स्थिती रहन सक्छ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो साल मेष राशि हुनेहरूको लागि सामान्य रहनेछ । शिर र पेटमा स्वास्थ्यमा समस्या र बौद्धिक विषयमा बाधा उत्पन्न हुन्छ। शिक्षा विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मेहनत गर्नुपर्ला। शिक्षाको क्षेत्रमा लगनशीलताको कमी देखिन्छ। उचित परिणाम प्राप्त गर्नको लागि कडा परिश्रम गर्नु पर्ला। शुभ रंग हजुरहरूका लागि रातो, पहेलो र गुलाबी रहेको छ। शुभ अंक हजुरहरुका लागि ४ ५ र ८ रहेको छ। शुभ बार आइतबार, मङ्गलबार र बृहस्पति शुभ महिना असार, असोज, माघ र फागुन उपाय भगवान गणेशको विशेष आराधना गर्नुपर्ने हुन्छ साथै मंगलवारको दिन हनुमान चालिसाको पाठ पनि अत्यन्त लाभकारी सिद्द हुने छ । शनिको साँढेसाती भएको कारणले गर्दा शनिगत शान्तिका उपायहरू गर्नुहोला कालो कपडा काल जुता, कालो छाता इत्यादि दान गरेमा अत्यन्त लाभप्रद स्थिति निर्माण हुन सक्छ।
जेठ १, २०८२ बिहिवार
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij