Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।

माघ ६, २०८२ मंगलवार

साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। साताको मध्यमा कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। साताको अन्तिममा योग्यताको उचित मूल्यांकन हुनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक ४ र ५ रहेको छ।

माघ ४, २०८२ आइतवार

कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रै देखिएको छ। सप्तम भावमा सूर्य, बुध, मंगल र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष बलियो बन्नेछ भने साझेदारी व्यापारमा लाभका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाम्पत्य जीवनमा अर्थको कुरालाई लिएर विचार विमर्श हुने प्रबल सम्भावना रहेको छ। आर्थिक निर्णयहरूमा हत्तार नगर्नु नै हजुरको लागि लाभदायी रहनेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। बोली र व्यवहारको पारिवारिक जीवनमा प्रत्यक्ष प्रभाव पर्नेछ त्यसैले बोलिमा मधुरता राख्नु लाभदायक रहला। दाम्पत्य जीवनमा तर्क वितर्क अनावश्यक कुराहरुले विवाद बढ्नेछ। करियरमा साझेदारी व्यापारबाट राम्रो लाभाआर्जन गर्न सकिनेछ। व्यवसायीहरूलाई नयाँ ग्राहकमार्फत आर्थिक सहयोग र परिवर्तनको अवसर लिएर आउनेछ। सम्बन्धलाई लिएर महिनाको उत्तरार्धपछिको समय राम्रो देखिएको छ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षालाई लिएर प्रतिस्पर्धाको भावना रहनेछ। प्रेम सम्बन्धमा शुक्र मंगलको वा बुधको प्रभावले शारीरिक आकर्षण बढ्नेछ। महिना समग्रमा राम्रो देखिएको छ तर मंगल र बुधको गोचरले गर्दा घाँटी दुख्ने समस्याले असहज पार्न सक्छ। स्वास्थ्यमा विषेश ख्याल राख्नुहोला।

माघ १, २०८२ बिहिवार

कर्कट राशि हुनेहरूको लागि यो वर्ष सामान्य फलदायी रहनेछ। गुरु र केतु शुभ रहनाले मानसम्मान बढ्नेछ। आकस्मिक धन लाभ हुनुका साथै सुख शान्तिमा वृद्धि हुनेछ। उच्च शिक्षाको लागि वैदेशिक यात्रा सफल रहनेछ। द्वादश स्थानको गुरुले धर्मकर्मप्रति नकारात्मक विचार उत्पन्न हुन सक्ला। आर्थिक उन्नति हुनेछ। अरूप्रति वैमनश्यता नराख्नुहोला । मानसिक रूपमा सबल हुने प्रयास गर्नुहोस्‌ । छिट्टै अरूमाथि विश्वास गर्दा धोका पनि पाउन सक्नुहुनेछ त्यसर्थ सावधान रहनुहोस्। मनबाट निर्णय लिनुभन्दा अघि विवेकपूर्ण ढंगले विचार गरेर अनि मात्र सकारात्मक निर्णय लिनुहोस्‌। जलसम्बन्धित व्यापारमा राम्रो स्थिति रहेको देखिन्छ। आत्मविश्वासमा वृद्धि र स्वास्थ्यमा राम्रो स्थिति रहेको देखिन्छ। वैशाख : सबै कार्यहरू सिद्ध हुने जेठ : लाभका योगहरू असार : खर्चमा वृद्धि साउन : शारीरिक पीडा भदौ : मनमा भय असोज : धन प्राप्ति कार्तिक : मानसम्मान मङ्सिर : समस्याहरूको सामना गर्नुपर्ने पुस : सफलताका योगहरु माघ : सुखद यात्रा फागुन : कडा परिश्रम चैत : कान्ति हुने सम्भावना कार्यक्षेत्र व्यापार व्यवसायबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। गुरु अनुकूल हुनाले कपडा वा काँपी किताब र धार्मिक पुस्तकहरूको साथै स्टेसनरी सम्बन्धी व्यापार लाभदायी रहनेछ। जलसम्बन्धित व्यापारमा पनि राम्रो स्थिति रहेको देखिन्छ। नोकरी वा पेशामा पदोन्नतिका योगहरू रहेकाछन्‌। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। प्रेमसम्बन्ध पारिवारिक सद्भाव बढ्नुको साथै नयाँ सम्बन्धहरू स्थापित हुनेछन्। दाम्पत्य जीवनमा जीवन साथीसँग सुमधुर सम्बन्ध रहनेछ। घरपरिवारमा साना ठूला सबैसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। युवाहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ हुनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो साल हजुरको लागि सामान्य रहनेछ। पेट वा चर्म रोगको समस्याले सताउन सक्छ। शिक्षा शिक्षाको क्षेत्रमा यो वर्ष लाभदायी रहनेछ तर मेहनत धेरै गर्नुपर्ला। गुरु अनुकूल भएपनि द्वादश भावमा भएको कारणले स्मरण शक्ति कमजोर रहनेछ। वकालत वा शिक्षणको क्षेत्र राम्रो रहनेछ। शिक्षालाई लिएर वैदेशिक यात्रा हुन सक्ला। शुभ रंग सेतो, निलो र हरियो शुभ अंक २,७ र ९ शुभ बार सोमबार, मंगलबार र विहीबार शुभ महिना वैशाख, जेठ,असोज र माघ उपाय भगवान विष्णुको पूजा ,ग्रह शान्ति वा भैरवको उपासना गर्नुहोस् साथै माछा लाई खान दिनुहोस् भाग्यमा वृद्धि हुनेछ।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij