Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

राशिफल

ज्यो. प. महेश पोखरेल

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आजको राशिफल साप्ताहिक राशिफल मासिक राशिफल बार्षिक राशिफल

आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।

माघ ६, २०८२ मंगलवार

साताको प्रारम्भमा धर्मकर्ममा मन लाग्नेछ। उच्च शिक्षालाई लिएर नयाँ मार्ग प्रशस्त हुनेछ। साताको मध्यमा नोकरी वा पेशामा सहयोगीहरूको साथ पाइनेछ। अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। साताको अन्तिममा नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र गुलाबी हो भने शुभ अंक ३ र ५ रहेको छ।

माघ ४, २०८२ आइतवार

वृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य मंगल बुध र शुक्रको नवम भावमा गोचर हुने भएकाले धन प्राप्तिका नयाँ अवसरहरू क्रमश बढेर जानेछन्। भाग्यको विशेष साथ मिल्नेछ। रोकिएको उधारो धन फिर्ता हुने समय रहेको छ। रिस र आक्रोशले आर्थिक गतिविधिमा निर्णय कमजोर हुन सक्छ धैर्यताले काम लिनुहोला। वैवाहिक सम्बन्धको लागि पनि यो महिना श्रेष्ठ रहेको छ। प्रेम सम्बन्ध आदिलाई विवाहमा टुङ्ग्याउन सकिने शुभ योग रहेको छ। सम्बन्धमा बोलीचालीमा मधुर भाषाको प्रयोग गर्दा सबैको मन जित्न सक्नुहुनेछ। हजुरको कुरा कसैले हिम्मतको रुपमा लिनेछन्। घरपरिवारमा पूजापाठ वा धार्मिक यात्राका योग बन्नेछन्। पढाइको क्षेत्रमा पनि विशेष सफलता हात लाग्नेछ। हरेक कार्यमा उत्साह र ऊर्जाको वृद्धि हुनाले लक्ष्य प्राप्तिलाई लिएर प्रतिबद्धता बढ्नेछ। मंगलले गर्दा मनमा तर्क वितर्क ल्याउन सक्ला। सरकारी नोकरीको र प्रयत्नशील मानिसहरूको लागि संघर्ष बढाउनेवाला समय रहेको छ। करियरलाई लिएर वैदेशिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा नयाँ असाइनमेन्टमा काम गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। पुरानो समयदेखि चलिरहेको समस्याको समाधान हुनाले ढुक्क भईनेछ।

माघ १, २०८२ बिहिवार

वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ। यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो रहनेछ। राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला। युवा वर्गलाई वैदेशिक यात्राको नवीन अवसर मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। तीर्थस्थलहरूको भ्रमण हुनेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। वैशाख : धनवृद्धि जेठ : शत्रुहरू सक्रिय रहने वा शारीरिक पीडा असार : धनहानी साउन : श्री प्राप्ति भदौ : रोग वा भय असोज : शत्रुनाश कार्तिक : कार्यक्षेत्रमा संघर्ष मङ्सिर : यात्रा पुस : रोग माघ : धर्म प्राप्ति फागुन : कार्यसद्धि चैत : अप्रत्यासित धनलाभ कार्यक्षेत्र नयाँ रोजगार मा सफलता मिल्नेछ। लाभस्थानको शनिले शनिगत व्यापारमा विशेष लाभ दिनेछ। व्यापारबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। अरुबाट झुठो आरोप लाग्न सक्छ। धनस्थानको बृहस्पतिले धनार्जनका नयाँ स्रोत प्राप्त गराउनेछन्। व्यापार व्यवसायमा आलस्य नगर्नुहोला। नोकरी वा पेशामा अपयश खेप्नु पर्ला। आर्थिक दृष्टिकोणले यो साल हजुरको लागि शुभ रहनेछ। सम्बन्ध प्रेम सम्बन्ध प्रगाढ हुनेछ। आफन्तजनहरूसँग कुनै प्रकारको मनमटाव हुने सम्भावना पनि रहेको छ त्यसर्थ सावधान रहनुहोस्। छरछिमेकीसँगको सम्बन्ध औसत रहनेछ। स्वास्थ्य स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहनेछ। आलस्य हावी रहनेछ। घाँटीमा केही समस्या हुन सक्छ त्यसर्थ ध्यान दिनुहोस्। दीर्घ रोगी हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत रहनुपर्ने हुन्छ। शिक्षा विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। आइटी वा डाँक्टरी पढाइमा राम्रो सफलता हासिल गर्न सक्नुहुनेछ। शुभ रंग सेतो, रातो र गुलाबी शुभ अंक २,७ र ९ शुभ बार बुधबार, शुकबार र शनिबार शुभ महिना साउन, फागुन र चैत उपाय यो वर्षभरि श्रीदुर्गा देवीको आराधना गर्ने विशेष सफलताको योग बनिरहेको छ । सोमवारको दिन भगवान शिवलाई जल अर्पण गर्नुहोला। अशक्तहरूलाई भोजन प्रदान गर्नु होस्‌।

जेठ १, २०८२ बिहिवार

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij