Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

सुपर खुदी हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सुपर खुदी हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?


  • 526
    Shares

    • images
    सुपर खुदी हाइड्रोपावरको शेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

    काठमाडौं । सुपर खुदी हाइड्रोपावरको शेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। सुपर खुदी हाइड्रोपावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो।

    कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको छ।

    नेप्सेमा सुपर खुदी हाइड्रोपावरको कुल १ करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३१ लाख कित्ता ९२० प्रतिशत० र संस्थापकको १ करोड २४ लाख कित्ता (८० प्रतिशत) रहेको छ।

    पहिलो कारोबारका लागि नेप्सेले सुपर खुदी हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले एसकेएचएल पाएको छ।

    अब भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने भएको छ।

     

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:३८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij