२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । ४७ जना सांसदले नेपाली बाहेकको भाषामा शपथ लिन नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले नाम टिपाएको जानकारी दिएका हुन् ।
२१ फागुनको निर्वाचनबाट आएका प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिँदैछिन् ।
सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन् । सांसदद्वय गीता चौधरी र प्रमिलाकुमारी गच्छदारले थारू भाषामा शपथ लिने भनेर नाम टिपाएका छन् ।
सांसदद्वय विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्यले नेपाल भाषामा शपथ लिँदैछन् । २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले नेपाली बाहेकका मातृभाषामा शपथ लिएका थिए ।
२०६४ को संविधानसभामा २६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए । उनीहरूले मैथिली, भोजपुरी, मगर, गुरुङ, पश्चिमी थारू, हिन्दी, नेवारी, लिम्बु, तामाङ, राई, पूर्वी थारू, उर्दु, राजवंशी, थकाली, शेर्पा, राना थारू, धिमाल, कुमाल, दार्चुला पश्चिमी भाषा, अवधी, माडवारी, जिरेल, चेपाङ, बाँतर, माझी, सुनुवार, बराम लगायतका भाषामा शपथ लिएका थिए ।
यसपटक नेपाली बाहेकको भाषामा शपथ लिने ४७ सांसद


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij