Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

५ अंकले बढ्यो शेयर बजार, १५ अर्ब ७८ करोड बढीको कारोबार

५ अंकले बढ्यो शेयर बजार, १५ अर्ब ७८ करोड बढीको कारोबार


  • 526
    Shares

    • images
    ५ अंकले बढ्यो शेयर बजार, १५ अर्ब ७८ करोड बढीको कारोबार

    काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५।०१ अंकले बढेर २,९३६ को विन्दुमा कायम भएको छ । 

    आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको हो । 

    आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ । फाइनान्स ०.२०, हाइड्रोपावर ०.९६, लगानी ०.७२, माइक्रोफाइनान्स ०.४३ र अन्य समूह ०.०१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८, निर्जीवन बीमा ०.०४ र व्यापार समूह ०.५९ प्रतिशतले  घटेको छ ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । फस्र्ट माइक्रोफाइनान्सको ८.९६, आशा लघुवित्तको ८.८२, मेरो माइक्रोफाइनान्सको ८.१८ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै कुमारी बैंकको ६७ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    9.JPG

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १५:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij