Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

स्नो रिभर्सको आइपीओ आजदेखि खुल्यो

स्नो रिभर्सको आइपीओ आजदेखि खुल्यो


  • 449
    Shares

    • images
    स्नो रिभर्सको आइपीओ आजदेखि खुल्यो

    काठमाडौं । स्नो रिभर्सले आज चैत ९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ ल्याउन लागेको हो। 

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो।

    पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो। 

    यी दुवै समूहले यस आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

    आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गाँ गाउँपालिकाको वडा नम्बर ८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १ देखि ७, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

    आयोजना प्रभावित स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल, ताप्लेजुङको सिरिजंगा–८, याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंकको सिरिजंगा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्।

    स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गते हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्कासन बन्द हुनेछ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १०:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij