२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले चैत २२ गतेबाट आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीेले हाल कायम चुुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्त हकप्रद शेयर जारी गर्ने भएको छ। बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
लगानीकर्ताले उक्त हकप्रद शेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij