Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

मेरो किसानले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मेरो किसानले आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


  • 393
    Shares

    • images
    मेरो किसानले आइपीओ ल्याउँदै,  बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । कृषि उपजको उत्पादन, प्रशोधनदेखि उपभोक्ताको घरदैलोसम्म बिक्री–वितरणको काम गरिरहेको व्यावसायिक संस्था ‘मेरो किसान’ले आइपीओ ल्याउने भएको छ।

    कम्पनीले आइपीओ निष्कासनका लागि आवश्यक प्रबन्ध मिलाउन सोमबार प्रभु क्यापिटलसँग सम्झौतासमेत गरेको हो। अब मेरो किसानको आइपीओ निष्कासन तथा बिक्रीको आवश्यक प्रबन्ध मिलाउने काम प्रभु क्यापिटलले गर्ने भएको छ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा मेरो किसानका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सञ्चालक सन्तोष बस्नेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशीष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टीकृत लगानी कोष प्रमुख सुदीप हरि ढुंगानाको उपस्थिति रहेको थियो।

    मेरो किसानले कृषि उत्पादनका लागि आवश्यक बीउ–बिजन, कृषि उपज भण्डारण तथा प्रशोधन, प्याकिङ, बिक्री–वितरणसमेत गरेर कृषि र प्रविधिलाई संयोजन गर्दै कृषिलाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ।

    कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरीको सञ्चालन गर्ने उद्देश्यले करिब ३।५ बिघा जग्गा खरिद गरी भौतिक संरचना निर्माणको कार्य गरिरहेको छ। यो कार्य अन्तिम चरणमा छ।

    कम्पनीले हाल मेरो किसान मोबाइल एपमार्फत स्थानीय किसानले उत्पादन गरेका तरकारी र फलफूल बिक्री–वितरण गर्दै आएको छ। यो प्लेटफार्मका माध्यमबाट किसान र उपभोक्ताले कुनै पनि बिचौलिया बिना नै वस्तु किनबेच गर्न सक्छन्।  

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - ११:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij