Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कारोबार रकमसँगै बढ्यो शेयर बजार

कारोबार रकमसँगै बढ्यो शेयर बजार


  • 470
    Shares

    कारोबार रकमसँगै बढ्यो शेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा कायम भएको छ । 

    आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोडको शेयर कारोबार भएको हो । 

    आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै एचआइडिसीएलको ५६ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।  कुमारी बैंकको ४४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । 

    आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १५:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij