Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

दार्चुलामा गयो भूकम्प

दार्चुलामा गयो भूकम्प


  • 659
    Shares

    • images
    दार्चुलामा गयो भूकम्प

    काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार ९चैत ३० बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । ४ म्याग्निच्युडसम्मका धक्का खासै असरदार नहुने भूकम्पविद्को भनाइ छ ।

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १२:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij