Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

कालंगा हाइड्रोको आइपीओ निष्काशन मिति तय, क-कसले भर्न पाउँछन् ?

कालंगा हाइड्रोको आइपीओ निष्काशन मिति तय, क-कसले भर्न पाउँछन् ?


  • 1.2K
    Shares

    कालंगा हाइड्रोको आइपीओ निष्काशन मिति तय, क-कसले भर्न पाउँछन् ?

    काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

    ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं ६ र ८, बुंगल नगरपालिकाको वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ भने र ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँड गरिने भएको छ।

    साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

    स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका, बझङ्ग र डिलासिनी गाउँपालिका, बैतडि शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १०:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij