Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन


  • 687
    Shares

    • images
    मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन

    काठमाडौं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

    कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड मूल्य बराबरको मालवस्तु आयात भएको र २० करोड ३० लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको जानकारी दिए । हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारी साधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

    यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काको भनाइ छ । गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो ।

    यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरला नाकालाई पूर्ण रुपमा सञ्चालन गराएको थियो । बर्सेनि १०\१५ लाख आर्थिक राजस्व सङ्कलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयको भनाइ छ ।  

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १२:२९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij