Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

पत्रकार पक्राउ प्रकरणमा रास्वपाले माग्यो सरकारको जबाफ

पत्रकार पक्राउ प्रकरणमा रास्वपाले माग्यो सरकारको जबाफ


  • 365
    Shares

    पत्रकार पक्राउ प्रकरणमा रास्वपाले माग्यो सरकारको जबाफ
    images

    काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार पक्राउ प्रकरणमा सरकारको जबाफ मागेको छ। रास्वपा प्रवक्ता जगदिश खरेलले सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे सरकारले स्पष्ट पार्न भन्दै ध्यानाकर्षण गराए।

    ‘विभिन्न सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आइरहेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ। यसबारे स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउँछौं,’ उनले लेखेका छन्।

    पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट नरहेको पनि खरेलले बताए।

    ‘मौलिक अधिकारको रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पार्टीको सम्मान तथा जिम्मेवारी रहेको पनि स्पष्ट पार्न चाहन्छौं। समाचारकै विषयमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट छ। न्यायको खोजी गर्ने अरू धेरै बाटोहरू खुला नै छन, त्यसलाई अवलम्बन गरौं,’ उनले भने।

    प्रहरीले शुक्रबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ। पत्रकार पक्राउ गर्न प्रहरी न्युजरूमभित्रै प्रवेश गरेको थियो।

    प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले भने यस विषयमा आफूहरूलाई जानकारी नै नदिइएको दाबी गरेको छ। यो काम रोक्न भनेर प्रधानमन्त्री शाहले निर्देशन समेत दिइसकेको प्रेस विज्ञ एवं सल्लाहकार दीपा दाहालले जानकारी दिइन्।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - २०:०१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij