Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

यस वर्ष जापानबाट २३ विद्यार्थीले एसईई दिने

यस वर्ष जापानबाट २३ विद्यार्थीले एसईई दिने


  • 106
    Shares

    • images
    यस वर्ष जापानबाट २३ विद्यार्थीले एसईई दिने

    काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी घटेका छन्। 

    गत वर्षको तुलनामा यस वर्ष चार हजार विद्यार्थी घटेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। अधिकारीका अनुसार, यस वर्ष ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षामा सामेल हुने भएका छन्। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए। 

    यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। त्यस्तै, जापानबाट २३ विद्यार्थीले एसईई दिने भएका छन्। 

    राष्ट्रिय परीक्षा बोर्डले एसईईको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। केही जिल्ला मात्रै प्रश्नपत्र पठाउन बाँकी रहेको परीक्षा नियन्त्रक अधिकारीले बताए। 

    परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री चैत्र १४ गतेसम्म सबै जिल्लामा पुर्‍याइसकिने उनले बताए। उनका परीक्षालाई मर्यादित बनाउन चार वटा सुरक्षा निकायको केन्द्रीय सुरक्षा समितिसँग छलफल गरिएको छ। 

    यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदै छ। फागुन २१ गतेको निर्वाचनका कारण एसईई परीक्षा दुई साता सारिएको हो। एसईईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ। 

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १८:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij