Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नेप्सेमा २३ अंकको वृद्धि, १० प्रतिशत बढे ६ कम्पनी

नेप्सेमा २३ अंकको वृद्धि, १० प्रतिशत बढे ६ कम्पनी


  • 645
    Shares

    • images
    नेप्सेमा २३ अंकको वृद्धि, १० प्रतिशत बढे ६ कम्पनी

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २,९६० को विन्दुमा कायम भएको छ । 

    आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशतले बढेको छ। त्यस्तै होटल तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ तथा व्यापार समूह ०.१६ प्रतिशतले घटेको छ ।

    ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

    फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ४५ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    10.JPG

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १५:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij