Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु


  • 561
    Shares

    • images
    युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

    काठमाडौं । युक्रेनमा मङ्गलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

    पोल्तावा क्षेत्रमा दुई जना र जापोरिझिया, खेरसन र खार्किवमा एक-एक जनाको मृत्यु भएको जनाइएको छ ।

    आक्रमणको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसीहरूले ठूलो आक्रमणको तयारी गरिरहेको हुन सक्ने गुप्तचरबाट जानकारी पाएको चेतावनी दिएका छन् । 

    खेरसन सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले खेरसनका एकजना बासिन्दाको आफ्नै घरमा पनि मृत्यु भएको बताएका छन् । 

    मिडियाले मङ्गलबार क्षतिग्रस्त आवासीय भवनहरूका तस्बिरहरू प्रकाशित गरेको छ । पोल्टावा क्षेत्रमा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

    क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जाका अनुसार रुसले ड्निप्रोपेट्रोभस्क क्षेत्रका दुई जिल्लाहरूलाई २० पटक भन्दा बढी आक्रमण गरेको छ । सुमीमा मिनीबसका चालक गाडीमा ड्रोनले प्रहार गर्दा घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले बताएका छन् । 

    रुसको रक्षा मन्त्रालयले हवाई सुरक्षाले यस अघि विभिन्न क्षेत्रहरूमा ५५ वटा युक्रेनी फिक्स–विङ मानव रहित हवाई आक्रमणहरू रोकेको जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij