Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३१ अर्ब बढी बीमा शुल्क

फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३१ अर्ब बढी बीमा शुल्क


  • 1.1K
    Shares

    फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३१ अर्ब बढी बीमा शुल्क
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२\८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ३१ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरी कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

    सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ३९ करोड रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड , नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, र प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड र नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

     

    images
    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij