२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरणहरू पारित गरेको छ।
त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij