Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट, आजको विनिमयदर कति ?

अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट, आजको विनिमयदर कति ?


  • 407
    Shares

    अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट, आजको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजो मुद्राको भाउ घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। 

    आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा थियो।

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६रुपैयाँ ९५ पैसा थियो। 

    त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ५५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २० पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा थियो। 

    त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - ०४:५६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij