Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

नेपाल टेलिकमका सिमकार्ड अब हुलाक सेवामार्फत घरमै पाइने

नेपाल टेलिकमका सिमकार्ड अब हुलाक सेवामार्फत घरमै पाइने


  • 190
    Shares

    नेपाल टेलिकमका सिमकार्ड अब हुलाक सेवामार्फत घरमै पाइने
    images

    काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन्। बुधबारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो।

    हुलाक सेवा विभागमा आयोजित कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमल्सिनाले यो सेवाको शुभारम्भ गरेका हुन्। मन्त्री तिमल्सिनाले स्वयं हुलाक सेवामार्फत सिमकार्ड ग्रहण गर्दै सेवाको सुरुआत गरेका हुन्।

    सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्‍याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिएका हुन्। हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने बनाइने उनले बताए।

    हुलाकको क्षमता र सीमाबारे चर्चा गर्दै उनले भने, ‘आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तय गरिएको समयभन्दा अगाडि नै पुर्‍याउने कोसिस गर्नुहोला। हामी विस्तारै हुलाक सेवालाई थप प्रभावकारी बनाउँदैछौँ र यसको क्षमता विस्तार गर्दैछौँ। भोलिका दिनमा एक(दुई दिनमा नभई केही घण्टामै डेलिभरी गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्छ।’

    सहरी क्षेत्रमा अझ छिटो सेवा दिन सकिने उल्लेख गर्दै मन्त्री तिमल्सिनाले थपे, ‘सिम डेलिभरीमा लाग्ने समय र सेवाग्राहीको सन्तुष्टिलाई हेरेर आवश्यक सुधार गर्दै लैजानुपर्छ। अहिलेका लागि यो सुरुआत एकदमै उपयुक्त छ। यसबाट नेपाल टेलिकमले सेवाग्राहीको खुसीको लाभ लिन सकोस् र हुलाक सेवा पनि थप प्रभावकारी बनोस्।’

    राज्यका सबै निकायलाई प्रभावकारी बनाउँदै लैजाने र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबै लाग्नुपर्ने उनको भनाइ छ। सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबिचको सहकार्यले टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरिएको छ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १२:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij