Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

महँगियो अस्ट्रेलियन डलर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

महँगियो अस्ट्रेलियन डलर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?


  • 463
    Shares

    महँगियो अस्ट्रेलियन डलर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। 

    हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको विनिमयदर उच्च दरमा घटेको थियो। अमेरिकी डलर, युरो, कुवेती र बहराइनसहितका मुद्राको भाउ आज थप घटेको हो। 

    आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थियो।

    गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा थियो। 

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा थियो। 

    आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६रुपैयाँ ९५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६रुपैयाँ ५२ पैसा थियो। 

    त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ २० पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा थियो। 

    त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - ०५:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij