Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स


  • 309
    Shares

    भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स
    images

    काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह साउन महिनाको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।

    चालु आर्थिक वर्षको साउन महिनामा २ खर्ब १५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।

    चालु आर्थिक वर्ष भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

    चालु आर्थिक वर्षको भदौसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

    चालु आर्थिक वर्षको सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ 

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १५:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij