२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २,७०४ को विन्दुमा कायम भएको छ ।
आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ७४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोडको शेयर कारोबार भएको छ ।
माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेको छ । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो । तीन समूह जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटेको छ ।
बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटेको छ ।
फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्ते झापा इनर्जीको ७ .९९ प्रतिशत बढ्यो । आज मूल्य बढ्नेमा ऋणपत्र अगाडि रहे । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घटेको छ । माइखोला हाइड्रोपावरको ८.५९, नारायणी डेभलपमेन्ट बैंकको ८.५६ तथा साल्पा विकास बैंकको ८.०१ प्रतिशत मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १५ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij