२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २,७३८ को विन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.०२ र उत्पादन तथा प्रशोधन ०.८४ प्रतिशत बढेको छ । सबै सबै क्षेत्रका सूचक १ प्रतिशतभन्दा न्यून दरले घटेको छ । विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२, अन्य ०.९७ तथा व्यापार ०.६३ प्रतिशत घटेको छ ।
श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै १२.५७ प्रतिशत बढेको छ । शिखर पावरको ७.९१, एसियन हाइड्रोपावरको ७.८८, रिभर फल्स पावरको ४.९५ तथा एसवाई प्यानलको ३.८१ प्रतिशत मूल्य बढेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ७५ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij