Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते


  • 288
    Shares

    रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

     काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला हेर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् ।

    जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ ।

    दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ । भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

     

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १६:१०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij