Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते


  • 302
    Shares

    धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते
    images

    काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

    सोमबार (कात्तिक २) दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए । उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् ।

    उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - १९:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij