Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

आरुघाटमा बेलिब्रिज जोडियो

आरुघाटमा बेलिब्रिज जोडियो


  • 309
    Shares

    आरुघाटमा बेलिब्रिज जोडियो
    images

    गोरखा र धादिङलाई जोड्ने आरुघाटमा बेलिब्रिज निर्माण गरिएको छ।

    असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो।

    बाढीले क्षति पुर्‍याएको सो स्थानमा नेपाली सेनाले बेलिब्रिज जडान गरी यातायात पुन: सञ्चालनमा ल्याएको हो। हाल मोटरसाइकलसहित पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ।

    बुधबारदेखि अन्य सवारी साधन समेत सञ्चालन गर्न मिल्ने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन्। बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः जोडिएको छ। 

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - १८:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij