Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

ओमानविरुद्ध नेपाल १० रनले विजयी

ओमानविरुद्ध नेपाल १० रनले विजयी


  • 267
    Shares

    ओमानविरुद्ध नेपाल १० रनले विजयी
    images

    आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ। जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो। 

    ओमानको अल अमेरतस्थित क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। 

    ओमानका लागि जतिन्दर सिंह र हमाद मिर्जाले अर्धशतकीय पारी खेले। उनीहरुले क्रमशः ८९ र ८७ रनको योगदान दिए। हसनैन साह ४० रनमा अविजित रहे। साथै हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे। 

    नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए। साथै कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए। नेपालको जितमा रोहितकुमार पौडेलसहित तीन ब्याटरले अर्धशतकीय पारी खेले। रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ६९ र देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रनको पारी खेले। त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ बनाए। 

    ओमानका लागि साह फैसलले पाँच विकेट लिए। 

    यस जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। नेपालले जारी संस्करणको लिग–२ मा ३६ खेलमध्ये १४ मा जित, २० मा र दुई खेलमा अङ्क बाँड्यो। नेपालले ३६ खेलबाट ३० अङ्क जोडेको छ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ सोमवार - २१:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij