Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

एनपीएललाई आईसीसीले दियो मान्यता

एनपीएललाई आईसीसीले दियो मान्यता


  • 85
    Shares

    एनपीएललाई आईसीसीले दियो मान्यता
    images

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ ।

    शुक्रबार क्यानले जारी गरेको विज्ञप्तिअनुसार आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएललाई आईसीसीले आधिकारिक रूपमा स्वीकृति दिएको हो।

    आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास र विस्तारका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले लिएको छ।

    यो महत्त्वपूर्ण मान्यताका लागि क्यानले आईसीसीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आईसीसीले गर्दै आएको निरन्तर सहयोग, समर्थन र सहकार्यको उच्च सम्मान गरिएको क्यानका सचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - २०:३३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij