२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । याम्बालिङ हाइड्रोपावरले आजबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीको आइपीओमा पहिलो दिनमै ३ लाख ४७ हजार बढीले आवेदन दिएका छन् । सीडीएसीको आज ५ः०६ मिनेटको तथ्याङक अनुसार आइपीओमा ३९ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको ३ लाख ४७ हजार २०७ जनाले ३९ लाख १८ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागगरेभन्दा १.८६ गुणा बढी हो ।
कम्पनीले आज वैशाख १६ गतेबाट सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गरेको हो । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर जारी गरेको छ ।
सर्वसाधारणले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आइपीओमा निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij