Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

चलचित्र ‘लाली बजार’ प्रदर्शन रोक्ने अदालतको आदेशविरुद्ध चलचित्रकर्मी आन्दोलित

चलचित्र ‘लाली बजार’ प्रदर्शन रोक्ने अदालतको आदेशविरुद्ध चलचित्रकर्मी आन्दोलित


  • 568
    Shares

    चलचित्र ‘लाली बजार’ प्रदर्शन रोक्ने अदालतको आदेशविरुद्ध चलचित्रकर्मी आन्दोलित

    काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चलचित्रकर्मीहरू आन्दोलित भएका छन् ।

    मंगलवार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाउ आदेशसहित चलचित्र प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि निर्माण टिमसहित चलचित्रकर्मीहरूले प्रदर्शन गर्दै उच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । 

    अदालतको आदेश सच्याउन माग गर्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई साहित्य र कलालाई दृश्यरूपमा प्रश्तुत गर्ने सशक्त माध्यम भएको भन्दै सरोकारवाला सबैले यो कुरा बुझ्न आवश्यक भएको बताएका छन् । 

    उनले चलचित्र निर्माण संविधान र सेन्सर बोर्डको नीतिअनुसार गरिएको दाबी गर्दै सम्बन्धित समुदायसँग पटक–पटक छलफल गरेर ‘सेल्फ सेन्सरसिप‘ अपनाइएको पनि स्पष्ट पारेका छन् । बस्नेतले मुद्दा दायर गर्ने पक्षलाई समेत सेन्सरअघि नै चलचित्र देखाइएको उल्लेख गर्दै अदालतले विषयको गम्भीरता अझ गहिरो रूपमा बुझ्नुपर्ने बताएका छन् ।

    यम थापा निर्देशित फिल्म ‘लाली बजार’ १८ वैशाखदेखि प्रदर्शन तयारीमा थियो ।   

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १७:३५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij