Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

यी तिन तरिकाबाट हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा

यी तिन तरिकाबाट हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा


  • 533
    Shares

    यी तिन तरिकाबाट हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा

    काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। उक्त आइपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३ लाख ६६ हजार ९५० कित्ता शेयर माग भएको थियो।

    यस आइपीओमा २७ लाख ३० हजार ९८७ आवेदकबाट माग भएको २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयर सदर भएको छ भने ३७ हजार ७५६ आवेदकबाट माग भएको ४ लाख ६० हजार ४३० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ३ लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

    सोपान फर्मास्युटिकल्सको आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने भएको छ।

    हेर्नुहोस् आईपीओको नतिजाः

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ 

    बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo 

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login 

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १०:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij