Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७६ करोड, झण्डै पाैने ९ अर्ब उठायाे ब्याज

राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७६ करोड, झण्डै पाैने ९ अर्ब उठायाे ब्याज


  • 1.1K
    Shares

    राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७६ करोड, झण्डै पाैने ९ अर्ब उठायाे ब्याज
    images

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो नौ महिनासम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खुद नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

    बैंकको चैत मसान्तसम्म ४.६९ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.४८ प्रतिशतमा झरेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड १३ लाख रुपैयाँ कायम भएको छ। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँ २७ पैसाबाट बढेर २३ रुपैयाँ ५५ पैसा पुगेको छ।

    बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढेर ८ अर्ब ७० करोड ८७ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन मुनाफा पनि १३१.५८ प्रतिशतको उच्च वृद्धि सहित ३ अर्ब ९३ करोड ९९ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। बैंकको निक्षेप लागत २.९७ प्रतिशत र आधार दर ४.२१ प्रतिशतको न्यून विन्दुमा रहेको छ

    बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकले चैत मसान्तसम्ममा ५ खर्ब ९७ अर्ब ९६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २२ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। 

    हाल १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३९ अर्ब ८ करोड ६७ लाख १९ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १२:४३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij