Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एनएमबि बैंकले कमायो २ अर्ब ६८ करोड नाफा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ माथि

एनएमबि बैंकले कमायो २ अर्ब ६८ करोड नाफा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ माथि


  • 540
    Shares

    एनएमबि बैंकले कमायो २ अर्ब ६८ करोड नाफा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ माथि

    काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो नौ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ।

    बैंकले तेस्रो त्रैमाससम्ममा २ अर्ब ६८ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले बढेको हो। गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको इम्पेरमेन्ट चार्ज ७२ करोड ७७ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफामा पनि सुधार आएको छ। बैंकको यस्तो नाफा ४ अर्ब २७ करोड २१ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। बैंकको खुद ब्याज आम्दानी भने ४.४९ प्रतिशतले वृद्धि भई ७ अर्ब ३७ करोड ८० लाख २२ हजार रुपैयाँ पुगेको छ।

    हाल बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ छ। बैंकको वितरणयोग्य नाफातर्फ ८६ करोड ४२ लाख २९ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा गत वर्षको ४.४७ प्रतिशतबाट केही बढेर ४.९५ प्रतिशत पुगेको छ।

    बैंकको जगेडा कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ४० हजार रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप २ खर्ब ९७ अर्ब ८३ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ४३ अर्ब ८० करोड ३३ लाख रुपैयाँ कायम भएको छ।

    हाल बैंकको प्रतिशेयर आम्दानी १७.९५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ।

     

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - ११:५१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij