२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि वैशाख २३ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३६ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij