Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन (तस्बिरहरु)

लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन (तस्बिरहरु)


  • 323
    Shares

    लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भू-भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

    संयुक्त विद्यार्थी सङ्गठनको ब्यानरमा भेला भएका विद्यार्थीले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’ र ‘गो ब्याक इण्डिया’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । 

    उनीहरूले अतिक्रमित भूमि फिर्ता ल्याउन र सीमा रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै ‘ओई सरकार ओई, हाम्रो भूमि खोई ?’ भन्दै नाराबाजी समेत गरेका थिए ।

    प्रदर्शनकारीहरूले लिपुलेक क्षेत्रमा भइरहेको भारतीय गतिविधि तत्काल रोकिनुपर्ने र नेपालको भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएका छन् । हातमा विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका विद्यार्थीले राष्ट्रिय स्वाधीनताका पक्षमा ऐक्यवद्धता जनाउँदै सरकारलाई कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न दबाब दिएका छन् । 

    1777893514-9g2cH.jpg

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:०८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij