Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

नेपाल पुनःनिर्माण कोषमा ९ लाख सहयोग

नेपाल पुनःनिर्माण कोषमा ९ लाख सहयोग


  • 365
    Shares

    नेपाल पुनःनिर्माण कोषमा ९ लाख सहयोग

    काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया)ले नेपाल पुनःनिर्माण कोषका लागि करिब रु ९ लाख बराबर सहयोग गरेको छ ।

    नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् ।

    उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको बताएका हुन् । 

    सो अवसरमा प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई-नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकामा धन्यवाद दिइन् । उनले नेपालमा अप्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सराहना पनि गरिन्।  

     

    प्रकाशित मिति :माघ १६ २०८२ शुक्रवार - ११:४६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij