२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख जरिवाना गरेको छ । उक्त उद्योगले एमआरपी सहितको लेबल नलगाएको पछि जरिवाना सहित बिक्री वितरणमा पनि रोक लगाएको हो ।
हिजो अनुगमनको क्रममा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई निर्देशन दिएको छ । अन्य दुई वटा फार्मेसीको बिक्री वितरण पनि रोक्का गरेको छ ।
सिउटिक्स फर्मा र क्यटिज फार्मेसी प्रा. लिले बिक्रीको लागि राखेको कस्मेटिकजन्य वस्तुहरूको नमुना सङ्कलनमा सो वस्तुहरूको बिक्री वितरण रोक्का गरिएको छ भने साथै दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई ३ दिन भित्र विभागमा उपस्थित हुन विभागले निर्देशन दिइएको छ ।
पशुपति ट्रेडिङ कन्सर्न र जनता केवल इन्डष्ट्रिज प्रा. लिको रोक्का रहेको कारोबार फुकुवा अहिले विभागले गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij