Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलरको मूल्य आज पनि बढ्यो, कुन बिदेशी मुद्राको भाउ कति ?

अस्ट्रेलियन डलरको मूल्य आज पनि बढ्यो, कुन बिदेशी मुद्राको भाउ कति ?


  • 1.4K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य आज पनि बढ्यो, कुन बिदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको मूल्य बढेको छ। हिजो बढेको अस्ट्रेलियन डलरको मूल्य आज थप बढेको हो।

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा छ। तीन दिनसम्म स्थिर रहेर हिजो थोरै बढेको अमेरिकी डलर आज फेरि घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रुपैयाँ १९ पैसा छ। हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा थियो।

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २० र बिक्रीदर ८७ रुपैयाँ ५८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०९ र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-04-17_045718_aOdIfU6z8F.png

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०४:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij