Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति?


  • 1.2K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने बढेको छ। 

    आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलर आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०९ र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २९ पैसा बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०२ पैसा थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-04-16_050909_3nliaIbLql.png

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ०४:४०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij