२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडले कामु प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनिले बुधवार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद खालि रहेको र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि न्यौपानेलाई कामुको जिम्मेवारी प्रदान गरेको हो ।
नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत न्यौपाने वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहेका छन् । विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव न्यौपानेसँग रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij