Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र

प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र


  • 1.6K
    Shares

    प्रधानमन्त्रीको ट्वीटर एकाउण्ट ह्याक, अनुसन्धान गर्न प्रहरीलाई पत्र
    images

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ ।

    शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो । जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरू हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्न’ भनिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार ट्वीटर एकाउण्ट ‘पिएमओ नेपालमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु’ भएको थियो ।

    तर, बिहीबार नै ह्याक भएको उक्त ट्वीटर एकाउन्ट पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरू बताउँछन् ।

    टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत अनधिकृत प्रवेश भएकाले त्यसबारे विस्तृत छानबिन गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेको हो ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १४:४४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij