Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी

सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी


  • 309
    Shares

    सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
    images

    काठमाडौं । बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी छ । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो । 

    एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो जेनजी युवाहरूले तोडफोड गरेका थिए ।त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । हिजोदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

    यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो । 

    निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको स्रोतले बताएको छ । सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १५:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij