Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

दुर्गा प्रसाईं समर्थित समूहको दाबी– पाँच वटा वेबसाइट ह्याक गर्‍यौँ, अझै गर्दै जान्छौँ

दुर्गा प्रसाईं समर्थित समूहको दाबी– पाँच वटा वेबसाइट ह्याक गर्‍यौँ, अझै गर्दै जान्छौँ


  • 1.1K
    Shares

    दुर्गा प्रसाईं समर्थित समूहको दाबी– पाँच वटा वेबसाइट ह्याक गर्‍यौँ, अझै गर्दै जान्छौँ

    काठमाडौं ।  व्यवसायी दुर्गा प्रसाईं समर्थक समूहले ५ वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ।

    समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायतका वेबसाइट ह्याक गरेको जनाएको छ। समूहले अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गर्दै दुर्गा प्रसाईंको रिहाइको माग गरेको छ।

    व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ समर्थित समूहले विभिन्न पाँच वटा सार्वजनिक निकाय तथा संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । ‘नेपालका लागि नेपाली’ नाम गरेको उक्त समूहले नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, उद्योग विभाग लगायत संस्थाको वेबसाइट ह्याक गरेको दाबी गरेको हो ।

    यीबाहेक मिर्मिरे लघुवित्त, इन्द्रावती क्याम्पसका सर्भरहरूमा आक्रमण गरेको समूहले दाबी गरेको छ ।  उक्त समूहले वर्तमान अन्तरिम सरकारविरुद्ध साइबर युद्धको घोषणा गरेको छ । उसले भनेको छ, ‘हामीले दुर्गा प्रसाईँलाई रिहा गर्न सरकारलाई धेरै पटक समयसीमा दिएकाले हामी नेपालको अन्तरिम सरकार विरुद्ध साइबर युद्धको घोषणा गर्छौँ । गिरफ्तारी साँच्चै अलोकतान्त्रिक र विशुद्ध राजनीतिक थियो ।’

    अब झन् अन्तरिम सरकारसँग जोडिएका सबै साइटहरूमा द्रुत रूपमा आक्रमण गर्ने समेत उक्त समूहको धम्की छ । उक्त समूहले आफ्नो उद्देश्य अन्तरिम सरकारसँग जोडिने सबै कुरामाथि आक्रमण गर्नु र डाटा सेन्टरबाट सबै कुरा मेटाउनु रहेको समेत जनाएको छ । आफूसँग प्रत्येक डाटा सेन्टरमा पहुँच रहेको र प्रत्येकलाई आक्रमण गर्ने जनाएको छ । यद्यपि उक्त समूहले भनेका सबै संस्थाका वेबसाइटमा हाल कुनै अवरोध भने देखिँदैन ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १५:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij